नेकपा एसको संसदीय दलको नेतामा माधव नेपाल निर्विरोध

1.62K shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेता चयन गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई निर्विरोध संसदीय दलको नेता चयन गरेको हो ।

त्यस्तै, बैठकले संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डेलाई चयन गरेको छ । उपमहासचिव प्रकाश ज्वाला सचेतक चयन भएका छन् ।

1.62K shares