‘हात्तीछाप’ मा दयापछि सौगात भित्रिए
वि.सं.२०७९ पुस ४ सोमवार ०७:४१
1.65K
shares

काठमाडौँ । अभिनेता दयाहाङ राई र सौगात मल्ल पछिल्ला समयका चर्चित कलाकार हुन् । दुवै अभिनेता एकसाथ देखिएका अधिकांस फिल्म सफल देखिन्छन् । लुट, कबड्डि सिरिज र पछिल्लो समय आएको दूइ नम्बरी सफल चलचित्र हुन् ।
तिनै दूई अभिनेतालाई किरण नेपालीको निर्माण बन्न लागेको नयाँ फिल्म ‘हात्तीछाप’ मा एकसाथ देखिने भएको हो । फिल्मको निर्माण टिमले दयालाई यसअगाडिनै अनुबन्धित गरिसकेको छ । त्यस्तै, सौगातलाई निर्माण टिमले सोमबार अनुबन्धित गरेको हो ।
किरणको २ नम्बरी पछि दया र सौगातसँग यो दोस्रो सहकार्य हो ।
वि.सं.२०७९ पुस ४ सोमवार ०७:४१
1.65K
shares





