नेपाल खेलकुद महासंघको राष्ट्रिय महाधिवेशन फागुनमा
वि.सं.२०७९ पुस १६ शनिवार ०४:०९

काठमाडौँ । नेपाल खेलकुद महासंघले दोश्रो राष्ट्रिय महाधिवेशन फागुनमा गर्ने भएको छ । महासंघले फागुन ७,८ र ९ गते विराटनगरमा महाधिवेशन गर्ने भएको हो ।
महाधिवेशनका लागि महासंघले आवश्यक तयारी भेलाहरु सुरु गरेको छ । सोहि क्रममा शुक्रबार महासंघको प्रचार विभागको बैठक बसेको छ । बैठकले जिम्मेवारी बाँडफाँड तथा सदस्यहरु मनोनित गरेको हो । विभागको उपप्रमुखको जिम्मेवारी लक्ष्मण शर्माले पाएका छन् भने किशोर कुमार गुरुङ र रन्जन खड्का सदस्यमा मनोनित भएका छन् ।
महाधिवेशनको अवसरमा खेदकुद स्मारिका पनि प्रकाशन गर्ने तयारि रहेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता तिर्थ बहादुर खड्काले बताए ।
राष्ट्रिय महाधिवेशनलाई हजारौँ प्रतिनिधिको माझमा एमाले अध्यक्ष केपि शर्मा ओलीले उद्घाटन गर्ने महासंघका संयोजक कृष्ण बहादुर बस्नेत ‘पर्शु’ ले बताए ।
वि.सं.२०७९ पुस १६ शनिवार ०४:०९





