पालिकालाई भार पर्ने सरकारी गाडी चड्दिनँ : उपप्रमुख अस्मिता थापा
वि.सं.२०७९ पुस २० बुधवार ०९:३६
1.69K
shares

काठमाडौँ । ओखलढुंगाको लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाले सरकारी सवारी प्रयोग नगर्ने घोषणा गरेकी छन् । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएपछि थापाले उपाध्यक्ष चढ्ने गाडिलाई विरामि बोक्नका लागि सवारी एम्बुलेन्स बनाएकी थिइन् । तर, पालिकामा नयाँ एम्बुलेन्स आएपछि उनको गाडि फिर्ता भएपनि उनले सवारी प्रयोग नगर्ने भएकी हुन् ।
अत्यावश्यक काम पर्दा सार्वजनिक सवारी प्रयोग गर्ने तर पालिकालाई खर्चको भार पर्ने गरि सरकारी सवारी नचढ्ने थापाले घोषणा गरिन् । उनले भनेकी छिन्, ‘जनताभन्दा फरक जीवन जिउनू छैन,भर अभरमा जतिबेला जुनसुकै साधनबाट पनि उपलब्ध हुने नै छु । जनताको भरोसा टुट्न नदिने र सिमित साधन स्रोतबाट मितव्यवयी बन्दै अधिकतम सेवा दिने प्रयास जारी रहनेछ ।’
वि.सं.२०७९ पुस २० बुधवार ०९:३६
1.69K
shares





