नेप्सेमा छायो हरियालि, ट्रेडिङ उपसमूहमा लगानीकर्ताको आकर्षण
वि.सं.२०७९ पुस २० बुधवार ०९:२४
1.78K
shares

काठमाडौँ । साताको चौथो कारोबार दिने नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियालि देखिएको छ । आज नेप्से ६४.८७ अंकले बढेर २१२५.९४ विन्दुमा पुगेको हो ।
३ अबै ५० करोड रुपैँया बराबरको कारोबार भएको पूँजीबजारमा नेप्सेसहित, फ्लट, सेन्सेटिभ, सेन्सेटिभ फ्लट सूचकहरु बढेका छन् । त्यस्तै, सबै उपसमूहहरु बढे । सबैभन्दा बढि ट्रेडिङ उपसमूहका लगानीकर्ताले कमाउन सफल रहे ।
बजारमा २१२ कम्पनीको कारोबार हुँदा ५ कम्पनीका लगानीकर्ताले सामान्य गुमाए पनि समग्रमा बजार सकरात्मक देखियो । साल्ट ट्रेडिङ, हिमालयन डिष्टिलरी लगायतका कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
वि.सं.२०७९ पुस २० बुधवार ०९:२४
1.78K
shares




