घट्यो सुनको मूल्य
वि.सं.२०८० जेठ ४ बिहीवार ०६:०७
1.38K
shares

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । तोलामा ३ सय रुपैँयाले घटेको छापावाल सुनको मूल्य आज तोलाको १ लाख ९ हजार ७ सय रुपैँया कायम भएको हो ।
तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७० रुपैँया कायम भएको छ ।
वि.सं.२०८० जेठ ४ बिहीवार ०६:०७
1.38K
shares




