‘गोर्खा वारियर’ को प्रिमियर लण्डनमा हुने

224 shares

काठमाडौँ । मिलन चाम्सको नयाँ चलचित्र गोर्खा वारियर लण्डनमा प्रिमियर हुने भएको छ । फिल्मको प्रिमियर लण्डनको आईम्याक्स सिनेवल्र्ड मा २०२३ को सेप्टेम्बर १० मा हुने भएको हो ।

चलचित्रको प्रिमियरमा २ हजार दर्शकलाई देखाइने निर्माण टिमले जनाएको छ । साथै नेपाली चलचित्रको इतिहाँसमै पहिलो पटक फिल्मको रेड कार्पेट प्रिमियर गरिने भएको हो ।

चलचित्रको अहिले भारतको मुम्बई र बेलायतको लण्डन स्थित स्टुडियोमा भइरहेको चाम्ले बताएका छन् । पिmिल्मलाई हलिउड स्तरको बनाउने प्रयास भइरहेको उनले बताए ।

फिल्मको टिजर सार्वजनिक भइसकेपछि सकरात्मक प्रतिक्रिया आएको थियो । टिजरमा हलिउड फिल्मको झल्को दिने दृश्यहरु समावेश गरिएको थियो ।

224 shares