पल र पूजाको ‘रावायण’मा बलिउड गायक–गायिकाको आवाज
वि.सं.२०८१ वैशाख ३० आइतवार १३:४९
2.39K
shares

काठमाडौँ । सुदर्शन थापाको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘रावायण’को तीनवटा गीत मुम्बईमा रेकर्ड गरिएको छ । फिल्मको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत रेकर्ड गरिएको हो ।
फिल्मको गीतमा बलिउड गायक–गायिकाले आवाज दिएका छन् । फिल्मको शीर्ष गीतमा नकाश अजिजको स्वर छ, रोमान्टिक ट्रयाकमा कुनाल गान्जावालाको स्वर छ भने आइटम गीतमा सोनु कक्करको आवाज छ ।
‘निर्माण टिमले मिक्सिङ, मास्टरिङदेखि संगीतका सबै काम भारतमा नै गरेको जनाएको छ । फिल्ममा पूजा शर्मा, पल शाह, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चाण्डक, प्रकाश साह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल र प्रदीप ढकाललगायतको अभिनय छ ।
फिल्म आगामी भदौ २१ गतेबाट प्रदर्शनमा आउने छ ।
वि.सं.२०८१ वैशाख ३० आइतवार १३:४९
2.39K
shares





