गौरीशंकर गाउपालिकामा वडा कार्यालय सहित सहकारी र स्वास्थचौकी तोडफोड

2.22K shares

 दोलखा । दोलखाको गौरीशंकर गाउँपालीका वडा नम्बर १ र २ जुँगुमा एकसाथ वडा कार्यालय सहित सहकारी र स्वास्थचौकी तोडफोड भएको छ । आइतबार राती भएको तोडफोड कस्ले गरेको हो भन्ने खुल्न सकेको छैन ।
गत राती गौरीशंकर गाउँपालिकाको वडा नम्बर १ जुँगुको वडा कार्यालय, हेल्थ पोष्ट तथा हिमचुली सहकारी संस्था र वडा नम्बर २ को हेल्थपोष्ट तोडफोड भएको हो । घटनाको बारेमा अनुसन्धान गर्न प्रहरी घटनास्थल खटिएको जनाइएको छ ।

2.22K shares