सोलुखुम्बुको लाम्जुरामा मनाङ्ग एयरको हेलिकोप्टर दुर्घटना
वि.सं.२०८० असार २६ मंगलवार ०६:५७
1.39K
shares

काठमाडौं । लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ्ग एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरामा दुर्घटना भएको छ ।
लिखुपिके गाउँपालिका ५ स्थित लाम्जुरामा हेलिकप्टर दुर्घटना भएको लिखुपिके गाउँपालिकाका प्रवक्ता मणी राज बस्नेतले बताए ।
उनले भने,‘लिखुपिके ५ स्थित लाम्जुरा भन्ने स्थानका हेलीकोप्टर दुर्घटना भएको छ । घटनास्थलमा आगोबलिरहेको छ,सुरक्षा निकाय उद्दारका लागि पुग्ने क्रममा छन् ।’
दुर्घटनाबारे थप जानकारी लिने प्रयास गरिरहेको बताएका उनले घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको जानकारी दिए ।
हेलिकप्टरमा क्याप्टेन सहित अन्य पाँच जना विदेशी नागरिक सवार थिए ।
दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
वि.सं.२०८० असार २६ मंगलवार ०६:५७
1.39K
shares





