खोटाङमा गोरु काटेको आरोपमा पक्राउ परेका पाँच जना धरौटीमा छुटे
वि.सं.२०८० साउन ९ मंगलवार ०५:१७
1.64K
shares

काठमाडौँ । खोटाङ जिल्लामा गोरु काटेको आरोपमा पक्राउ परेका पाँच जना धरौटीमा छुटेका छन् । ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका खिमायाँ तामाङ, दावा तामाङ, बुद्धिमान तामाङ, मोहन तामाङ र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–४ जुवुका हेमकुमार तामाङ हिजो रिहा भएका हुन् ।
पक्राउ परेका पाँचै जनाले जनही १० हजार धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।
उनिहरुलाई गोरु काटेर भाग लगाइरहेको अवस्थामा प्रहरीले गएको असार ३१ गते पक्राउ गरेको थियो ।
वि.सं.२०८० साउन ९ मंगलवार ०५:१७
1.64K
shares





