वृक्षारोपन नगर्न हर्कलाई अदालतको आदेश

2.2K shares

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा वृक्षारोपन नगर्न अन्तरिम आदेश दिएको छ । धरान ४ की रोजीना अधिकारीले दायर गरेको रिटमा अदालतले अनाधिकृत रुपमा व्यक्तिको जग्गामा प्रवेश गरि बिरुवा रोप्ने कार्य नगर्न आदेश दिएको हो ।

आदालतले निवेदकको माग बमोजिमको आदेश जारी नहुनुपर्ने कुनै आधार प्रमाण भए १५ दिनभित्र लिखित रुपमा पेस हुने उपमहानगरलाई आदेश दिएको छ ।

2.2K shares