राजा-रानी बने सलोन र केकी
वि.सं.२०८० साउन १२ शुक्रवार ०८:३२
1.39K
shares

काठमाडौँ । टेक पौरखी राईको निर्देशनमा बनेको फिल्म ‘जय हो’ को राजा रानी बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रम गरेर निर्माण टिमले गीत सार्वजनिक गरेको हो ।
सागर आलेको शब्द तथा संगीत रहेको गीतमा आले र सदिक्ष्या कट्टेलको स्वर रहेको छ । रोमान्टिक गीतमा सलोन बस्नेत र केकीको केमेष्ट्रि देखाइएको छ ।
भदौ ८ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई सलोन सलिना फिल्मस्ले निर्माण गरेको हो । फिल्ममा सलोन, केकी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
वि.सं.२०८० साउन १२ शुक्रवार ०८:३२
1.39K
shares





