ओखलढुंगामा प्रमुख प्रशासकीय अधिकृतको दारी काट्ने मेसिन चोरी, तीनजना पक्राउ
वि.सं.२०८० साउन २२ सोमवार १०:३१

काठमाडौ । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिकाको ल्याप्टप चोरी भएको छ । मोलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज थापाको सरकारी निवासबाट ल्याप्टप दुई वटा, मोबाईल दुई वटा हेड फोन दुई वटा र दारी काट्ने मेसिन एक वटा चोरी भएको छ।
नेपाल सरकारको कार्यालयको सामान चोरी गरेको आरोपमा मोलुङ गाउँपालिका वडा नम्बर पाँचका तीन जना किशोरलाई आ(आफ्ना घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक दिपक बहादुर केसीले जानकारी दिएका छन। पक्राउ परेका किशोरहरुको परिचय प्रहरीले गोप्य राखेको छ ।
मोलुङका प्रमुख प्रशासकीय अधिकृत थापाको आफ्नो निवासबाट सामान चोरी भएको थियो । थापा बिदामा बसेको समयमा चोरी भएपनि कार्यालय फर्किएपछि घटनाबारे थाहा पाएलगत्तै उनले प्रहरीलाई साउन बिस गते जानकारी गराएका थिए ।
चोरीमा सहभागी भएका भनिएका व्यक्तिहरु नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
चोरी गरिएका सामान सदरमुकाम ओखलढुंगाका पसलमा लगेर विक्रि विक्रि गरिसकेको थिए र व्यापारीहरुले ल्पाप्टपमा भएका गाउँपालिकाका प्रमाणहरु नष्ट गरिसकेको अवस्थामा उक्तसामानहरु प्रहरीले बरामद गरेको छ ।
चोरीमा सहभागी युवाहरु मोलुङ गाउँपालिकाका जनप्रतिनिधिकै परिवारका सदस्य समेत रहेको स्रोतले जनाएको छ।
वि.सं.२०८० साउन २२ सोमवार १०:३१





