पशुपतिमा नयाँ पुजारी नियुक्त

2.69K shares

काठमाडौ । पशुपतिनाथ मन्दिरमा थप  एक जना पुजारी नियुक्त भएका छन। पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले करिब चार महिना अगाडि देखि रिक्त पुजारीको आज नियुक्ती गरेको हो ।

करिब चार महिना अघि एक पुजारीले राजीनामा दिएका थिए । कोषले रिक्त रहेको एक पुजारी नियुक्त गरेर आज मन्दिर प्रवेश गराएका छ।

आज नियुक्त भएका पशुपतिका पुजारी विनय अडिगा हुन् । उनलाई आज मन्दिर क्षेत्रका विभिन्न ठाउँको परिक्रमा गराउँदै मन्दिर प्रवेश गराइएको छ । पशुपतिमा चार मूल पुजारी हुन्छन ।

2.69K shares