कार्यकाल नसकी भङ्ग भयो पाकिस्तानको संसद
वि.सं.२०८० साउन २५ बिहीवार ०३:२८
Flag of pakistan waving with highly detailed textile texture pattern
काठमाडौ । पाकिस्तानमा प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यरातमा संसद भंग गरेका हुन । १२ अगस्टमा कार्यकाल सकिन लागेका संसद ३ दिन अगाडि नै भंग भएको हो ।
संसद भंग हुनेबित्तिकै मन्त्रिपरिषद पनि भंग भएको हो। अर्को कार्यबाहक प्रधानमन्त्री चयन नहुन्जेल शरीफ नै उक्त पदमा कायम हुनेछन।तीन दिनभित्र नयाँ कार्यबाहक प्रधानमन्त्री चयन गरिने भएको छ । कार्यवाहक प्रधानमन्त्री चयन गर्नु अगाडि विपक्षी दलका नेता राजा रियाज र प्रधानमन्त्री शहबाज शरीफबीच छलफल हुने तय भएको हो । नयाँ प्रधानमन्त्री चयनका लागि सहमतिको छलफल गर्न लागेको स्रोतले बतायो।अब पाकिस्तानमा नब्बे दिनभित्र निर्वाचन हुने छ । संसद विघटन भएर आम निर्वाचनको तयारी भइरहेको बेला पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक भविष्य भने अन्धकार रहेको छ ।
वि.सं.२०८० साउन २५ बिहीवार ०३:२८





