सेती नदिमा एक कर्मचारी मृत अवास्थामा भेटिए

1.8K shares

काठमाडौ । बझाङको बुङ्गल नगरपालिकामा कार्यरत कार्यालय सहयोगीका रुपमा कार्यरत एक कर्मचारी मृत अवास्थामा फेला परेका हुन।

बुङ्गल नगरपालिका वडा नम्बर ३ विर्पैयाँका ४० वर्षका धनबहादुर बोहराको शव बेपत्ता भएको ६ दिनपछि डोटीको दिपायलस्थित सेती नदीमा फेला परेको छ । उनी नदीमा खसेको हुनसक्ने आशंकापछि खोजतलास गर्दा उनको शव डोटीको सेती नदिमा फेला परेको हो ।

1.8K shares