कुथेली बुखारी हाइड्रोको शेयर नेप्सेमा सुचीकृत, कति पायो ओपनिङ रेन्ज ?

2.28K shares

काठमाडौँ । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १२ लाख १८ हजार ६ सय ७५ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।

सुचीकृत भएको शेयरमा स्थानीयलाई जारी गरेको शेयर पनि समावेश रहेको छ । कम्पनीको शेयरले १५९.६७ देखि ४७९.०१ रुपैँयासम्मको ओपनिङ रेन्ज पाएको छ । कम्पनीको शेयर बजारमा सोमबारदेखि आउने जनाइएको छ ।

कम्पनीले असाढ २६ देखि २९ गतेसम्म सर्वसाधारणका लागि १ लाख १ हजार १ सय ५१ कित्ता शेयर निष्काशन गरेको थियो ।

2.28K shares