सेन्सर पास भयो ‘जय हो’

2.22K shares

काठमाडौँ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म जय हो सेन्सर पास भएको छ । चलचित्र विकास बोर्डले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको छ ।

टेक पौरखी राईले निर्देशन गरेको फिल्मलाई सलोन सलिना फिल्मस्ले निर्माण गरेको हो । फिल्ममा केकी अधिकारी, सलोन बस्नेत, अर्पन थापा, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

हाल प्रचार प्रसारलाई तिव्रता दिएको फिल्म भदौ ८ गतेदेखि प्रदर्शनमा आउनेछ ।

2.22K shares