नाईट्रोभेट र स्पाससहित कैलालीमा ३ जना पक्राउ
वि.सं.२०८० भदौ ६ बुधवार ०८:२२
2.63K
shares

काठमाडौ ,लागुऔषध नाईट्रोभेट र स्पाससहित कैलालीमा ३ जना पक्राउ परेका छन् ।धनगढीको त्रिनगर भन्सार र पुरानो भन्सार नजिकबाट नाईट्रोभेट र पिस स्पास नामक लागुऔषधसहित २ युवक र १ युवती पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेल नजिकबाट १ पत्ता नाईट्रोभेट र ८ वटा स्पाससहित गोदावरी नगरपालिका–१ बस्ने २६ बर्षको अजय चौधरी र २२ वर्षीय सौरव खनाल मंगलवार साँझतिर पक्राउ परेका हुन् ।प्रहरी चौकी त्रिनगरको टोलीले शङ्काको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट सो लागुऔषध फेला परेको बताइएको छ ।
त्यस्तै, मंगलबार साँझ नै धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार नजिकबाट ३ वटा नाईट्रोभेट र ३९ वटा स्पासहित सोही ठाँउकी २८ वर्षिया निर्मला आउजी पक्राउ परेकी प्रहरीले जनाएको छ ।
वि.सं.२०८० भदौ ६ बुधवार ०८:२२
2.63K
shares





