वन अधिकृत घुस रकमसहित उपभोक्ताद्वारा रंगेहात पक्राउ 

3.77K shares
काठमाडौ,डोटिको जोरायल वन सवडिभिजन कार्यालय डोटीका वन अधिकृत भक्तराज गिरी ५ पाँच हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।स्थानीय सामुदायिक वनका उपभोक्ताहरुले वन अधिकृत गिरीलाई घुस लिंदै गर्दा रंगेहात नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बुडरमा बुझाएका डोटी प्रहरीले पुष्टि गरेको छ।
जोरायल गाउँपालिका बुडरका गणेश भण्डारीलाई आवादी जग्गाको दाउराको छुटपुर्जी बनाइदिने भन्दै घुस मागेपछि उपभोक्ताले रंगे हात पक्राउ गरेको बताइएको छ ।इलाका प्रहरी कार्यालय बुडरले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।
3.77K shares