प्याज ढुवानीका लागि गाउँपालिकाले दियो अनुदान

7.78K shares

बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिकाले प्याज ढुवानीका लागि अनुदान दिएको छ । गाउँपालकिाले सडकको समस्या र बजार अभावका कारण कृषकलाई अनुदान दिएको छ ।

पालिकाले अनुदान दिएसँगै गाउँपालिका–१, बाहुनी र रुडीमा उत्पादन गरिएको प्याजले बजार पाएको छ । किसानले उत्पादन गरेको प्याज ढुवानी र बजार अभावका कारण गाउँमै थन्क्याउनु परेको थियो । अब भने गाउँपालिका र कृषि ज्ञान केन्द्रले ढुवानीका लागि अनुदान दिएको छ ।

अनुदान दिएसँगै प्याज बिक्रीका लागि बजार पठाइएको छ । ढुवानीको सहजतासँगै प्याजले बजार पनि पाइरहेको स्थानीय बताउँछन् । कार्तिक स्वामी बहुउद्देश्यीय संस्थाका अध्यक्ष मेघराज शाहीको सक्रियतामा बाहुनी र रुडीका कृषकले उत्पादन गरेको प्याज बजार लगिएको हो ।

गाउँपालिकाले स्थानीयको आर्थिक अबस्था मजबुत पार्न काम गरिरहेकोले कृषकहरुलाई प्रोत्साहन गर्ने काम गरिहेको पालिका अध्यक्ष भरत बहादुर रोकायाले बताए ।

 

7.78K shares