अनावश्यक सवारी साधन नकिन्न गाउँपालिकालाई एमालेको आग्रह

4.35K shares

दोलखा । नेकपा एमाले गौरीशंकर गाउँपालिका कमिटीले अनावश्यक सवारी साधन खरिद नगर्न गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार एमाले गौरीशंकर गाउँपालिकाका अध्यक्ष जंग गुरुङले गाउँपालिकाले विभिन्न जनजिवीकाका मुद्दा उठाउँदै ज्ञापन पत्र बुझाएका हुन् ।

गुरुङले स्थानीय सरकारले जनताको विकाश र शुशासनको सपना पुरा गर्न नसकेको आरोप समेत लगाएका छन् । स्थानीय सरकार जनतामा निराशा थपेर मात्रै बसेको उनले बताए ।

आवश्यकतानै नभएको सवारी साधन खरीद गरी पालिकालाई आर्थिक भार थप्न स्थानीय सरकार लागेको उनको आरोप छ । तत्कालै उक्त कार्य रोक्न उनले आग्रह समेत गरेका छन् । गाउँपालिकाले कात्तिक १ गते ९ वटा मोटरसाइकल खरिदका लागि सूचना निकालेको थियो ।

त्यस्तै, गुरुङद्वारा जारी विज्ञप्तीमा सरकारी एम्बुलेन्सबाट चर्को शुल्क असुलेको, विकास निर्माणमा लापरवाही गरेका जस्ता जनजिविकाका विषयहरु उल्लेख छन् ।

4.35K shares