अनेरास्ववियु बागमती प्रदेश अध्यक्षमा बुढाथोकी

6.75K shares

काठमाडौँ । नेकपा एमालेको जवस अनेरास्ववियु बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लाल बहादुर बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

हेटौँडामा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट आयोजक कमिटीका सह–संयोजक रहेका बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी निर्माण भएको हो ।कमिटीको उपाध्यक्षहरूमा युवराज दाहाल, अच्युत उप्रेती र निशा पुडासैनी, सचिवमा प्रकाश कालाखेती, उपसचिवहरूमा प्रशान्त जङ्ग पाण्डे, पवन तामाङ र जिप छिरिङ शेर्पा चयन भएका छन् ।

यसै गरी कोषाध्यक्षमा अमृत थापा र कार्यालय सचिवमा लक्ष्मण सिलवाल सर्वसम्मत चयन भएका छन् ।

6.75K shares