२८ हजार ऋण तिर्न नसक्दा आत्महत्याको प्रयास गरेपछि…

1.72K shares

काठमाडौँ । राजधानीमा एक व्यक्तिले २८ हजार रुपैयाँ ऋण तिर्न नसक्दा आत्महत्याको प्रयास गरेका छन् । फेसबुक लाइभमा आएर ती व्यक्तिले शनिबार साँझ आत्महत्याको प्रयास गरेका हुन् ।

करिब साढे ६ मिनेट लाइभमा आएको उनले मोटरसाइकल किन्दा दुई वर्ष अघि ऋण लिएको र अहिले बाँकी २८ हजारका लागि आफूलाई निकै टर्चर दिने काम भएको उल्लेख गरेका छन् ।

दुई वर्षअघि २ लाख १५ हजारमा ८ प्रतिशत ब्याजमा किस्तामा यामाहाको रेजेडआर मोटरसाइकल लिएको र अहिले १८ प्रतिशत ब्याज बनाइएको उनले लाइभमा बताएका छन् । ४ लाख ५४ हजार तिरिसक्दा पनि भोलि १० गतेसम्म २८ हजार नबुझाए फाइनान्सले बाइक पनि लैजान्छु घर पनि लिलाम गर्छु भनेर टर्चर दिएको उनले बताएका छन् ।

‘जम्मा २८ हजार रुपैयाँका लागि मलाई यति टर्चर गर्‍यो…’, उनले लाइभमा भनेका छन् ।

1.72K shares