नेप्सेमा छायो हरियाली

2.29K shares

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियाली छाएको छ । बजार एकैपटक ४७ अंकले बढेको छ । बजार बढेर १९०७.९५ बिन्दुमा पुगेको हो ।

बजारमा २९४ कम्पनीको शेयर खरिदबिक्री हुँदा २ अर्ब रुपैँया बढीको कारोबार भएको छ । बजारमा नेप्सेसहित, सेन्सेटिभ, फ्ल्ट,सेन्सेटिभ फ्लट सूचकहरु बढेका छन् । त्यस्तै, जीवन विमा कम्पनीका लगानीकर्ताले कमाउन सफल भएका छन् ।

2.29K shares