अमेरिकी राष्ट्रपति निर्वाचनको मत सर्वेक्षणमा ट्रम्प अगाडी

2.09K shares

काठमाडौँ । आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनको चर्चा अहिले देखिनै सुरु भएको छ । यसका लागि तयारी पनि तीव्र बनेको छ ।

निर्वाचनका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चा सुनिन थालेको छ । राष्ट्रपति निर्वाचनका लागि भइरहेको विभिन्न सर्वेक्षनको मतहरु सार्वजनिक भइरहेका छन् ।

समाचार संस्था सीएनएनका अनुसार पछिल्लो समय सार्वजनिक गरिएको सर्वेक्षणमा पूर्व राष्ट्रपति ट्रम्पलाई बहुमत प्राप्त भएको छ। उनले आफ्ना प्रतिद्वन्द्वी वर्तमान राष्ट्रपति जो बाइडनलाई पछाडी पारेका छन्।

अमेरिकाको जर्जियामा ट्रम्पलाई बाइडनको भन्दा ६ प्रतिशतको बढी मत देखिएको छ भने मिशिगनमा १० प्रतिशत, नेवादा, एरिजोना, विस्कन्सिन र पेन्सिल्भेनिया पनि ट्रम्प नै अघि देखिएका हुन्।

2.09K shares