ग्लोबल आइएमईका अध्यक्ष ढकालले लिए पद तथा गोपनीयताको शपथ
वि.सं.२०८० पुस १ आइतवार १२:४२
2.18K
shares

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् । ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सपथ लिएका हुन् ।
बैंकको भर्खरै सम्पन्न साधारणसभाबाट ढकाल सञ्चालक समिति सदस्य बनेका थिए । लगत्तै बसेको सञ्चालक समितिको पहिलो बैठकबाट उनि सर्वसम्मत अध्यक्ष निर्वाचित भएका थिए ।
समारोहमा ढकालले रेमिट्यान्स सेवा प्रदान गर्ने सानो कम्पनीको रुपमा स्थापना गरेको आइएमई नै सबैजनाको मेहनतले यहाँसम्म आइपुगेको बताए । ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक मात्र नभई एक सबल र सक्षम बैंक बन्न सफल भएको उनले बताए ।
नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनीयताको शपथ लिएपछि ढकालले नवनिर्वाचित सञ्चालकहरुलाई आजै शपथ गराएका छन् ।
वि.सं.२०८० पुस १ आइतवार १२:४२
2.18K
shares




