‘नम्बरी सुन’ को ‘तिमी बर म पीपल’ सार्वजनिक

1.14K shares

काठमाडौँ । चलचित्र ‘नम्बरी सुन’ को गीत ‘तिमी बर म पीपल’ सार्वजनिक गीत सार्वजनिक भएको छ । आइतबार प्रताप दास र अनु चौधरीको स्वर रहेको गीत सार्वजनिक भएको हो ।

गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार गौरव पहारी र नम्रता सापकोटाको अभिनय रहेको छ । राजु गिरीको निर्देशन रहेको चलचित्रमा गौरव र नम्रताका अलावा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको कथा र पटकथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा दिव्य सुवेदीको छायांकन, गौतम राज खड्काको सम्पादन, विनोद भुजेलको ब्याकग्राउण्ड स्कोर, समीर मियाँको भीएफएक्स, देव महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

फिल्म माघ १९ गतेदेखि प्रदर्शनमा आउदैछ ।

 

1.14K shares