तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

700 shares

काठमाडौँ । आज बजारमा सुन र चाँदीको मूल्य बढेको छ । बजारमा सून प्रतितोला १ हजार रुपैँयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैँया र तेजावी सुनको मूल्य १ लाख १८ हजार ४ सय ५० रुपैँया कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँ कायम भएको छ ।

 

700 shares