छायांकनको अन्तिम चरणमा ‘महाजात्रा’

784 shares

काठमाडौँ । चलचित्र ‘महाजात्रा’को छायांकन अन्तिम चरणमा पुगेको छ । कात्तिक दोस्रो साताबाट छायांकनमा गएको चलचित्रको अहिले अन्तिम चरणको छायांकन भइरहेको छ ।

प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रका अघिल्ला दुई पार्ट ‘जात्रा’ र ‘जात्रै जात्रा’ हिट भएका थिए । ‘महाजात्रा’ तिनै पार्टको सिक्वेल हो ।

केहिदिनदेखि फिल्मको छायांकन काठमाडौँको खुलामञ्चमा भइरहेको छ । खुलामञ्चमा फिल्मको हाम्रो जोडि त बोलको गीतको छायांकन भएको हो । गीतमा अरुण क्षेत्री र आश्मा विश्वकर्माले नृत्य गरेका छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको यो गीतमा आश्मा र अरुण अगाडि हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, रवीन्द्र सिंह बनियाँ पनि नाचेका थिए ।

चैत्र ९ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, रवीन्द्र सिंह बनिया लगायतका कलाकारको अभिनय रहेको छ ।

784 shares