क्रिसमस मनाउन राक्सिराङ गाउँपालिकाले दियो ३ दिन सार्वजनिक बिदा

2.67K shares

काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले आज आइतबारदेखि मंगलबारसम्म बिदा दिएको हो ।

इसाई धर्मावलम्बीहरूको महान् पर्वका अवसरमा गाउँपालिकाले विज्ञप्ति नै जारी गरेर सो अवधिभर गाउँपालिकाभित्र सार्वजनिक विदा दिएको हो ।

गाउँपालिकाले कार्यपालिकाको बैठकबाटै तीन दिन बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाभित्र ४६ प्रतिशतभन्दा बढी इसाई धर्म मान्ने मानिसहरु भएकाले बिदा दिएको गाउँपालिकाले जनाएको छ ।

 

2.67K shares