गौशालाकी उममेयर चढ्ने गाडीमा आगजनी

497 shares

काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा आगजनी भएको छ । गएराती उपमेयर रेनुकुमारी महतो चढ्ने प्र२–००२–०००१झ०००५ नम्बरको बोलेरो गाडीमा आगजानी भएको हो ।

गौशाला नगरपालिका–१ रामनगरमा उपमेयरकै घरमा पार्किङ गरेर राखिएको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर अगो लगाएका हुन् । समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयले आगो निभाएपछि क्षति हुनबाटा जोगिएको हो ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले अज्ञात व्यक्तिले पेट्रोल छर्केर अगाजानी गरेको बताए । उनका अनुसार आगलागी समयमै नियन्त्रण गर्दा पनि देब्रे छेउको गाडीको पछाडिको टायर र अगाडिको टायरमा क्षति पुगेको छ ।

घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ।

497 shares