नेफ्स्कूनको कोषाध्यक्षमा दोलखाका जिवसराज खड्काको उम्मेदवारी

826 shares

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को कोषाध्यक्षमा दोलखाका जिवसराज खड्काले उम्मेदवारी दिएका छन् । काठमाडौँमा भइरहेको ३२औं साधारणसभामा उनले कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।

लामो समयदेखि सहकारी क्षेत्रमा कार्यरत खड्का कोषाध्यक्षका लागि आफु बलियो उम्मेदवार रहेको बताउछन् । २०५३ सालमा शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाबाट सहकारी यात्रा सुरु गरेका खड्काले ३ दशक यहि क्षेत्रमा बिताएका छन् ।

हाल सोही संस्थाबाट प्रतिनिधित्व गर्दै जिल्ला बचत संघ दोलखाको लेखा समिति संयोजक, २०६० सालमा कोषाध्यक्ष, २०६५ सालमा महासचिव र २०६७ देखि २०७६ सम्म अध्यक्ष पदमा रहेर उनले काम गरेका थिए ।

२०७६ सालदेखि उनि बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडको संस्थापक महासचिव र नेफ्स्कूनमा एक कार्यकाल संचालक सदस्य समेत भइसकेका छन् ।

826 shares