अभिनेता रोज राणा बने लुम्बिनी प्रदेशको उद्योग मन्त्री

665 shares

काठमाडौँ । अभिनेता तथा निर्माता रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् । प्युठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका राणा उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्री बनेका हुन् ।

चलचित्र क्षेत्रमा निर्माताका रुपमा पहिचान बनाएका राणा पछिल्लो समय राजनीतिमा सक्रिय थिए । उनले ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘महान’, ‘टक्कर दुई मुटुको’, ‘मन छु नि तिम्रो’ फिल्म निर्माण गर्नुका साथै अभिनय पनि गरेका थिए ।

राणाले ‘मेरो पैसा खोई ’ र ‘जय परशुराम’को निर्देशन गरेका थिए ।

665 shares