सरकारले दियो राष्ट्रपति पौडेलको विदेशमा उपचार गराउँदा लागेको खर्च

1.11K shares

काठमाडौँ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले विदेशमा उपचार गराउँदा लागेको खर्च दिएको छ । उनको उपचारको लागि भन्दै अर्थ मन्त्रालयले ९ लाख ९५ हजार रुपैँया निकासा गरिदिएको हो ।

राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ बमोजिम मन्त्रालयले उक्त रकम निकासा गरेको हो । उक्त ऐनअनुसार राष्ट्रपति वा उपराष्ट्रपतिले स्वदेशका अस्पतालमा भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा उपचार गराउँदा लागेको खर्च बेहोर्ने व्यवस्था रहेको छ ।

1.11K shares