यस्तो छ ‘महाजात्रा’को फर्स्टलुक पोष्टर
वि.सं.२०८० पुस १८ बुधवार ०९:०९

काठमाडौँ । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्म ‘महाजात्रा’को फर्स्टलुक पोष्टर सार्वजनिक भएको छ । फिल्मको छायांकन सकिएको केहिदिन पछाडी पोष्टर सार्वजनिक भएको हो ।
पोष्टरमा फिल्मका मुख्य कलाकारहरु हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ र रवीन्द्र झालाई समेटिएको छ ।
पोष्टरमा हरिवंश ह्वीलचियरमा बसेका छन् । चार जनै पात्रको अगाडि पैसा नै पैसा उडाइएको छ । पोष्टरबाट फिल्मका अघिल्ला पार्टका कथाहरुजस्तै यसमा पनि पैसाकै चलखेललाई देखाइने जनाइएको छ ।
फिल्ममा कथा निर्देशक भट्टराईकै रहेको छ । फिल्मका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् । त्यस्तै, फिल्मका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् ।
फिल्मलाई षट्कोण फिल्मसको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा वर्षा राउत, दिव्य देव, शिशिर, वाङदेल, गौमाया गुरुङ लगायतका स्टार कलाकारहरुको अभिनय रहेको छ ।
फिल्म चैत्र ९ गतेदेखि प्रदर्शनमा आउनेछ ।
वि.सं.२०८० पुस १८ बुधवार ०९:०९





