‘रिमै’मा सौगातको इन्ट्रि

497 shares

काठमाडौँ । अभिनेता सौगात मल्ल ‘रिमै’ नामक चलचित्रमा अनुबन्धित भएका छन् । उनि भित्रिएसँगै चलचित्रको लाइनअप पुरा भएको छ ।

खिलबहादुर गुरुङको निर्देशनमा बन्ने फिल्ममा यसअगाडि दयाहाङ राई र रिस्मा गुरुङ अनुबन्धित भइसकेका छन् । यी तीन कलाकारले ‘कबड्डि कबड्डि’ मा एकसाथ काम गरेका थिए । तीनको अभिनयलाई दर्शकको राम्रो प्रतिक्रिया पनि मिलेको थियो ।

गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक गुरुङ र विरवल घलेले लेखेका हुन् । फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका छन् ।

फिल्मको छायांकन फागुनबाट हुने जनाइएको छ ।

 

497 shares