एपीएफले उचाल्यो प्रधानमन्त्री कपको उपाधि

735 shares

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । बुधबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई हराउँदै एपीएफले उपाधि उचालेको हो ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रीएको एपीएफले निर्धारित ओभरमा सात विकेटको क्षतिमा १ सय १४ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कोशी प्रदेशले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय ३ रन मात्र जोड्न सक्यो ।

कोशीका लागि रुविना क्षेत्रीले ६२ रनको योगदान दिइन् । त्यस्तै, कोशीका लागि अप्सरी बेगमले ८ रन, काजल श्रेष्ठले २२ रन र लकिता राजवंशीले ६ रन जोडे ।

त्यस्तै, एपीएफका लागि इन्दू बर्माले ५३ रनको योगदान दिइन् । कोशीकै लागि ज्योति पाण्डेले २७ रन, सिता रानाले १ रन, रोमा थापाले १५ रन, ममता चौधरीले ३ रन, सरिता मगरले ९ रन, करुण भण्डारीले २ रन जोड्न सफल रहे ।

 

 

735 shares