यश कुमारको म्युजिकल फिल्म ‘तिमि छौ र त’ सार्वजनिक

1.74K shares

काठमाडौँ । गायक यश कुमारको ‘तिमि छौ र त’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबार यश कुमार अफिसियल मार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा यश कुमारकै शब्द,संगीत र स्वर रहेको छ । गीतलाई देवेश राइले एरेन्ज गरेका छन् ।

विज्ञान राइले निर्देशन गरेको गीतको भिडियोमा यश कुमार, अनु थापा, प्रेम सुब्बा र राजेश घतानी फिचर्ड छन् । दिनेश पराजुलीको छायांकन रहेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

 

 

1.74K shares