आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस, देशभर सार्वजनिक बिदा
वि.सं.२०८० पुस २७ शुक्रवार ०५:१७
1.89K
shares

काठमाडौँ । आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैछ । तत्कालीन बाइसे–चौबीसे राज्यलाई एकिकरण गरेर नेपाल निर्माण गर्ने पृथ्वीनारायण शाहको सम्झना स्वरुप यो दिवस मनाइँदैछ ।
पृथ्वीजयन्ती मनाउने नमनाउने विषयमा विभिन्न तर्कहरु भएपनि आजको दिनलाई पृथ्वीजयन्तीको रुपमा मनाउँदै आएको छ । पृथ्वीनारायण शाहको जन्म आजकै मितिमा १७७९ मा भएको थियो ।
पृथ्वीजयन्ती तथा एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
वि.सं.२०८० पुस २७ शुक्रवार ०५:१७
1.89K
shares





