कान्तिपुरले ‘केपी ओली कप’को लाइभ गर्ने
वि.सं.२०८० माघ १ सोमवार ०७:३३

काठमाडौँ । आगामी फागुनमा हुने केपी ओली कपको लाइभ कान्तिपुर टेलिभिजनले गर्ने भएको छ । आइतबार आयोजक राष्ट्रिय युवा संघ र कान्पिुर टेलिभिजनबिच लाइभ ब्रोडकास्टिङका लागि सम्झौता भएको हो । सम्झौतामा कान्तिपुरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिशिर पछाईँ र युवा संघका तर्फबाट अध्यक्ष क्षितिज थेवेले हस्ताक्षर गरेका थिए ।
कप आगामी फागुन ११ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुँदैछ । नकआउट शैलीमा हुने खेल सेमिफाइनलसम्म च्यासल रंगशालामा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ ।
प्रतियोगितामा नेपालका ए डिभिजनसहित विदेशका क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् ।
गत वर्ष सम्पन्न भउको केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।
वि.सं.२०८० माघ १ सोमवार ०७:३३





