‘फाइटर’को ट्रेलर सार्वजनिक

931 shares

काठमाडौँ । बलिउड स्टार ऋतिक रोशन स्टारर फिल्म फाइटरको ट्रेलर सार्वजनिक भएको छ । सोमबार फिल्मको तीन मिनेट लामो ट्रेलर सार्वजनिक भएको हो ।

२५ जनावरीदेखि प्रदर्शनमा आउने फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका छन् । देशभक्तिको कथामा बनेको फिल्ममा ऋतिकको साथमा, दीपिका पादुकोण, अनिल कपुर लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मलाई लिएर सबैतिर एकदमै हाइप रहेको छ । यो वर्षको सुरुवातमै प्रदर्शनमा आउन लागेको फिल्मले राम्रो गर्ने अपेक्षा गरिएको छ ।

 

931 shares