चलचित्र ‘म्याउँ’ को घोषणा, चीनमा पनि रिलिज हुने
वि.सं.२०८० माघ १ सोमवार ०५:१६
1.94K
shares

काठमडौँ । जय राज रायको लेखन तथा निर्देशनमा बन्ने चलचित्र चलचित्र ‘म्याउँ’को घोषणा भएको छ । माघे संक्रान्तीको अवसर पारेर निर्माण टिमले फिल्मको पहिलो च्याप्टरको घोषणा गरेको हो ।
फिल्ममा अभिनेताद्वय अनुपविक्रम शाही र उत्तम प्रधानको प्रमुख भुमिका रहनेछ । चलचित्रलाई जय मिडिया म्यानेजमेन्टले प्रस्तुत गर्न लागेको हो ।
फिल्मका अन्य कलाकारको छनोट भने बाँकि रहेको जनाइएको छ । फिल्मलाई चीनमा पनि प्रदर्शन गरिने जनाइएको छ । फिल्मलाई २०२४मा प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी रहेको छ ।
वि.सं.२०८० माघ १ सोमवार ०५:१६
1.94K
shares





