स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडलाई

1.77K shares

काठमाडौँ । स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । आइतबार साउदी अरबमा भएको खेलमा रियलले बार्सिलोनालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

रियल मड्रिडको जितका लागि भिनिसियस जुनियरले ह्याट्रिक गरे । खेलको सातौँ मिनेटमा भिनिसियसले रियललाई अग्रता दिलाएका थिए । लगत्तै १० औँ मिनेटमा भिनिसियसले रियलको अग्रता दोब्बर बनाए । खेलको ३३ औँ मिनेटमा बार्सिलोनाका लेवान्डास्कीले गोल फर्र्काए ।

पहिलो हाफ सकिन नपाउँदै भिनिसियसले ह्याट्रिक गरे । दोस्रो हाफको ६२ औँ मिनेटमा रोड्रिगोले गोल गरेपछि ४–१ को जित निकाल्न रियल सफल भयो ।

जितसँगै रियलले १३ औं पटक स्पेनिस सुपर कपको उपाधि जित्न सफल भएको छ । बार्सिलोनाले कीर्तिमानी १४ औं पटक यो उपाधि जितेको छ ।

1.77K shares