भ्वाइस किड्सको सिजन ३ मा छेवाङको इन्ट्रि

2.07K shares

काठमडौँ । गायन रियालिटी शो भ्वाइस अफ किड्स नेपालको तेस्रो सिजन घोषणा भएको छ । भ्वाइस अफ नेपाल सिजन ५ को ग्राण्ड फिनालेको क्रममा ‘किड्स’को नयाँ सिजनको घोषणा गरिएको हो ।

नयाँ सिजनमा कोचका रुपमा पपगायक छेवाङ शेर्पालाई ल्याउने घोषणा पनि गरियो । पुराना कोचहरुमा प्रमोद खरेलले निरन्तरता पाएका छन् ।

भ्वाइस अफ किड्सको डिजिटल अडिसन पनि आह्वान गरिएको छ । ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले हिमालय टिभी एचडीको एपबाट आवेदन दिन सक्ने भएका छन् ।

2.07K shares