आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकजना पक्राउ

595 shares

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

कतारको दोहाबाट आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।

दर्जी हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट काठमाडौं आएका थिए ।

थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

595 shares