सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

721 shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज तोलाको २ हजार रुपैँयाले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैँया कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य १ लाख २२ हजार ४ सय रुपैँया कायम भएको छ ।

बजारमा चाँदी बढेर प्रतितोला १४ सय ४५ रुपैँयामा कारोबार भइरहेको छ ।

721 shares