मिटरब्याज संघर्ष समितिका अध्यक्षसहित १६ जना पक्राउ
वि.सं.२०८० फागुन २३ बुधवार ०७:२०
1.74K
shares

काठमाडौं । प्रहरीले मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुश्वाहासहित १६ जनालाई बालुवाटार क्षेत्रबाट पक्राउ गरेको छ । प्रहरीले १६ जनालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको गेट नम्बर ३ नजिकैबाट पक्राउ गरिएको हो।
बालुवाटारमा मार्चमा जाने तयारी गरिरहेका बेला प्रहरीले घेरा हालेर उनीहरूलाई पक्राउ गरेको हो । कुश्वाहा सरकारसँगको वार्ता टोलीका संयोजकसमेत हुन् ।
पटक–पटक सरकारसँग वार्ता भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन । सरकारले समस्या हल गर्ने बताए पनि नभएपछि विभिन्न जिल्लाबाट पैदलै न्याय मार्च गर्दै काठमाडौं आइपुगेका छन् ।
वि.सं.२०८० फागुन २३ बुधवार ०७:२०
1.74K
shares





