सुनको भाउमा नयाँ रेकर्ड, तोलाको कति ?
वि.सं.२०८० फागुन २७ आइतवार ०६:३५
1.85K
shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य लगातार बढीरहेको छ । आज सुनको मूल्य हालसम्मकै उच्च पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा १ हजार रुपैँयाले बढेर १ लाख २६ हजार रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन १ लाख २५ हजार ४ सय रुपैँयामा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
वि.सं.२०८० फागुन २७ आइतवार ०६:३५
1.85K
shares




